यू–१९ क्रिकेट : सुदूरपश्चिममा २२ खेलाडी बन्द प्रशिक्षणमा « Khabarhub

यू–१९ क्रिकेट : सुदूरपश्चिममा २२ खेलाडी बन्द प्रशिक्षणमा


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् ।

कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २२ जनाको नामावली सङ्घलाई बुझाएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए ।

छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहेकामा फाइनल खेलमा डडेल्धुरालाई आठ विकेटले पराजित गर्दै कञ्चनपुरले उपाधि हात पारेको थियो ।

बन्द प्रशिक्षणमा कञ्चनपुरका हेमन्त धामी, मिलन बोहरा, अनुराग सिंह, राहुल चन्द, आकाश चन्द, डडेल्धुराका दीपक बोहरा, विशाल ऐर, कैलाश ऐर, सचिन साउद, बैतडीका दीपक बोहरा, गजेन्द्र बोहरा, प्रदीप चन्द, सुनिल चन्द, दार्चुलाका विपिन धामी, वीरेन बम, कैलालीका टेक रावत, दिनेश ओड, नरेन साउद, डोटीका किष्ण ऐर, अछामका युवराज खत्री र बझाङका सन्जे बोहरा छन् ।

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष चन्दले शुक्रबारदेखि खेलाडी बन्द प्रशिक्षणमा रहेको बताए । “प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा सुदूरपश्चिम प्रदेशको टोली बनाइने छ”, उनले भने, “उक्त टोलीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ ।” नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ८ गतेदेखि काठमाडौँमा वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : ०० बजे

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई