कतार विश्वकप : रंगशाला वरपर मदिरा बिक्री वितरणमा प्रतिबन्ध « Khabarhub

कतार विश्वकप : रंगशाला वरपर मदिरा बिक्री वितरणमा प्रतिबन्ध



दोहा – फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ। फिफाले शुक्रबार रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको हो।

फिफा मिडिया विभागक अनुसार फिफाले कतारमा हुने फिफा विश्वकप २०२२ को स्टेडियम वरपर मादक पेय पदार्थ बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरेको जनाएको छ।

फिफा मिडिया विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोजक देशका अधिकारी र फिफा बीचको छलफलपछि, फिफा फ्यान फेस्टिवल, अन्य फ्यान गन्तव्य र इजाजतपत्र प्राप्त स्थानमा मादक पेय पदार्थको बिक्रीलाई केन्द्रित गर्ने निर्णय गरिएको छ।’

आयोजक देशका अधिकारी र फिफाले स्टेडियम, वरपरका क्षेत्रमा सबै दर्शकई रमाइलो, सम्मानजनक र रमाइलो अनुभव प्रदान गर्ने सुनिश्चित गर्न जारी राख्नेछ’, विज्ञप्तिमा भनिएको छ।

बड जिरोको विक्रीमा कुनै असर नपर्ने र कतारका सबै विश्वकप रङ्गशालामा उपलब्ध हुने जनाएको छ। फिफाको प्रमुख प्रायोजक बडवाइजर बियर एबी इनबेभको स्वामित्वमा हो। उसले विश्वकपमा बियर बेच्ने विशेषाधिकार पाएको थियो।

फिफा विश्वकप कतार २०२२ को उदघाटन समारोह आइतबार साँझ साँझ ५ बजे अल बायत स्टेडियममा हुनेछ। प्रतियोगिताको उदघाटन खेलमा आयोजक कतारले इक्वेडरसँग कतारको समयअनुसार साँझ ७ बजे प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : १८ बजे

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक