कतार विश्वकप : रंगशाला वरपर मदिरा बिक्री वितरणमा प्रतिबन्ध | Khabarhub Khabarhub

कतार विश्वकप : रंगशाला वरपर मदिरा बिक्री वितरणमा प्रतिबन्ध



दोहा – फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ। फिफाले शुक्रबार रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको हो।

फिफा मिडिया विभागक अनुसार फिफाले कतारमा हुने फिफा विश्वकप २०२२ को स्टेडियम वरपर मादक पेय पदार्थ बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरेको जनाएको छ।

फिफा मिडिया विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोजक देशका अधिकारी र फिफा बीचको छलफलपछि, फिफा फ्यान फेस्टिवल, अन्य फ्यान गन्तव्य र इजाजतपत्र प्राप्त स्थानमा मादक पेय पदार्थको बिक्रीलाई केन्द्रित गर्ने निर्णय गरिएको छ।’

आयोजक देशका अधिकारी र फिफाले स्टेडियम, वरपरका क्षेत्रमा सबै दर्शकई रमाइलो, सम्मानजनक र रमाइलो अनुभव प्रदान गर्ने सुनिश्चित गर्न जारी राख्नेछ’, विज्ञप्तिमा भनिएको छ।

बड जिरोको विक्रीमा कुनै असर नपर्ने र कतारका सबै विश्वकप रङ्गशालामा उपलब्ध हुने जनाएको छ। फिफाको प्रमुख प्रायोजक बडवाइजर बियर एबी इनबेभको स्वामित्वमा हो। उसले विश्वकपमा बियर बेच्ने विशेषाधिकार पाएको थियो।

फिफा विश्वकप कतार २०२२ को उदघाटन समारोह आइतबार साँझ साँझ ५ बजे अल बायत स्टेडियममा हुनेछ। प्रतियोगिताको उदघाटन खेलमा आयोजक कतारले इक्वेडरसँग कतारको समयअनुसार साँझ ७ बजे प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : १८ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी