उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारपछि जापान र अमेरिकाद्वारा संयुक्त सैन्य अभ्यास « Khabarhub

उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारपछि जापान र अमेरिकाद्वारा संयुक्त सैन्य अभ्यास


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

टोकियो – उत्तर कोरियाले जापानी सागरमा शुक्रबार क्षेप्यास्त्र प्रहार गरेपछि जापान र संयुक्त राज्य अमेरिकाले जापानको सागरमाथिको हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेको टोकियोका रक्षा अधिकारीहरूले बताएका छन्।

उत्तरको ब्यालिस्टिक मिसाइल होक्काइडोको पश्चिममा रहेको देशको विशेष आर्थिक क्षेत्र (ईईजेड) भित्रको पानीमा खसेको बताइरहेका बेला जापानका रक्षा अधिकारीको भनाइ सार्वजनिक भएको हो। ईईजेड जापानको तटीय रेखाबाट यसको क्षेत्रीय पानीको सीमाभन्दा बाहिर २०० समुद्री माइलसम्म फैलिएको छ।

जापान वरपर बढ्दो गम्भीर सुरक्षा वातावरणबीच जापान सेल्फ डिफेन्स फोर्स र अमेरिकी सशस्त्र बलहरूले द्विपक्षीय अभ्यास गरे, जापानी रक्षा मन्त्रालयद्वारा वितरित जोइन्ट स्टाफको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘जापानको समुद्रमा विशेष आर्थिक क्षेत्रभित्र उत्तर कोरियाको आईसीबीएम ब्यालेस्टिक मिसाइल प्रक्षेपण प्रहार भएपछि यो रणनीतिक हवाई अभ्यास गरिएको हो।’

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : ४९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा