कर्णालीमा सुरक्षा व्यवस्था कडा « Khabarhub

कर्णालीमा सुरक्षा व्यवस्था कडा


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशमा चुनावको तयारी अन्तिम चरणमा पुगेको छ। १० वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कर्मचारी मतदान केन्द्र पुगेका छन्। मतपत्रसहितका सामग्री पनि पुगिसकेको जनाइएको छ। मतदान केन्द्र निर्माण भइरहेका छन्। आइतबार बिहान ७ बजेबाट मतदान हुनेछ।

कर्णालीमा १४ हजार ८०७ सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार पाँच हजार सात सय २९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८०७ जना सुरक्षाकर्मी परिचालन भएका हुन्। मतदान स्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती, प्रत्येक नगरपालिका तथा गाउँपालिकामा प्रहरी अधिकृतको कमान्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाएको छ।

कर्णालीमा १० लाख ८ हजार ४०३ मतदाता छन् भने १ हजार ४ सय ७६ मतदान केन्द्र छन्। कर्णालीमा सुरक्षाका दृष्टिकोणले ३ सय ४५ मतदान केन्द्र अति संवेदनशीलमा राखिएको छ भने ४ सय १३ मतदान केन्द्र संवेदनशील रहेका छन्। माथिल्लो कर्णालीका जिल्लामा हिमपात सुरु भएका कारण हेलिकप्टर मतपेटिका ढुवानी तथा निर्वाचन सामग्री ओसारपसार गरिएको निर्वाचन आयोगले जनाएको छ।

सुर्खेत जिल्लाभर सशस्त्र प्रहरीको १२ वटा मोबाइल टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरीकै चार वटा स्ट्राइकर फोर्स र दुइटा निर्वाचन सुरक्षा बेस परिचालन गरिएको छ। सुर्खेतका १३९ स्थायी मतदान स्थल, दुइटा अस्थायी मतदान स्थल अन्तर्गतका २९३ वटा मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेका छन्।

चीनको तिब्बतसँग जोडिएका कर्णालीका सीमा नाका बिहीबार राती १२ बजेदेखि नै बन्द गरिएको छ। निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडाइका लागि कर्णाली र तिब्बतसँग जोडिएका सीमा नाका बन्द गरिएको हो। चीनको तिब्बतसँग नाका जोडिएका कर्णाली प्रदेशका हुम्ला र डोल्पा जिल्लाका सीमा नाकामा सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो। हिमाली जिल्ला हुम्लामा चीनसँग जोडिएका सीमा नाका बन्द गरिएको हो।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ११ : ०५ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा