सबै मतदान केन्द्र लैङ्गिक समावेशी र अपाङ्गमैत्री « Khabarhub

सबै मतदान केन्द्र लैङ्गिक समावेशी र अपाङ्गमैत्री


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्रमा रहेका तीन सय ४६ मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको हो । 

‘निर्वाचन आयोगको निर्देशनअनुसार सुत्केरी, गर्भवती, किरियायुत्री, (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) ज्येष्ठ नागरिक, बिरामी र अपाङ्गगता भएका व्यक्तिलाई मतदान गर्न सहज हुने गरी मतदान केन्द्र बनाइएका छौँ’, उनले भने, ‘यस्ता मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था गरिएको छ ।’

निर्वाचन क्षेत्र नं १ मा एक सय १९, निर्वाचन क्षेत्र नं २ मा एक सय १८ र निर्वाचन क्षेत्र नं ३ मा एक सय नौ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि तीन सय ४६ मतदान केन्द्रमा दुई हजार सात सय ५० जना कर्मचारीलाई खटाइएको छ । निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी निर्वाचन केन्द्रमा पुगिसकेका छन् । निर्वाचनमा खटिएका कर्मचारीलाई निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनसम्बन्धी सामग्री उपलब्ध गराई केन्द्रमा खटाइएको हो ।

‘निर्वाचनसम्बन्धी तयारी अन्तिम चरणमा पुगेको छ’, कार्यालय प्रमुख जोशीले भने, ‘निर्वाचनका लागि बुथ निर्माण गर्ने कार्यमा सुरक्षाकर्मी र कर्मचारी जुटेका छन् ।’ उनका अनुसार जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र राखिएका छन् । जिल्ला कारागार कञ्चनपुरमा एक र भीमदत्त नगरपालिका कार्यालयमा एक गरी दुईवटा अस्थायी मतदान केन्द्र राखिएको हो । 

कारागारमा राखिएको अस्थायी मतदान केन्द्रमा ३३ जना कैदीबन्दीले समानुपातिकतर्फको मतदान गर्न पाउनेछन् । भीमदत्त नगरपालिका कार्यालयमा राखिएको मतदान केन्द्रमा कर्मचारीले मतदान गर्न पाउने छन् । यसैबीच, निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मङ्सिर १ देखि ४ गते राति १२ बजेसम्म जिल्लाभर तथा मतदानस्थल र सोको वरिपरि तीन सय मिटर क्षेत्रसम्म निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि कुनै पनि प्रकारको मादक पदार्थ बेचबिखन, ओसारपसार र सेवन गर्न निषेध गरेको छ ।

निर्वाचनलाई दृष्टिगत गरी अनुमतिबाहेकका कुनै पनि निजी तथा सार्वजनिक सवारी साधनहरू मङ्सिर ४ गते बिहान ४ देखि साँझ ७ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १ : २३ बजे

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद

रास्वपा निर्वाचित छ पदाधिकारीको शपथ कहिले ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारीले

नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष

विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना