निर्वाचनलक्षित सात हजार सुरक्षाकर्मी परिचालन हुने | Khabarhub Khabarhub

निर्वाचनलक्षित सात हजार सुरक्षाकर्मी परिचालन हुने


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर– भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभाको  निर्वाचनलाई दृष्टिगत गर्दै मोरङ प्रशासनले जिल्लाभरिका मतदान केन्द्रहरूको सुरक्षा अवस्थाका बारेमा स्थलगत निरीक्षण एवं अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, प्रहरी उपरीक्षक शान्तिराज कोइराला, सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछाने, नेपाली सेनाका प्रमुख अमृतथापा मगरसहितको टोलीले निरीक्षण एवं अवलोकन गरेको हो ।

टोलीले मोरङको उत्तरी सिमाना लेटाङ नगरपालिका, वराङ्गी बीचका मतदान केन्द्र, बेलबारी मतदान केन्द्र र मतगणनास्थलसहित विराटनगर महानगरपालिकाको सरौचियास्थितका शिक्षा सदन मावि, रानी क्षेत्रका मतदान केन्द्रहरुको निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले  जानकारी दिए ।

प्रजिअ दाहालले मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरू अत्यन्त उत्साहका साथ काम गरिरहेको बताए । उनले जिल्ला शान्तिसुरक्षाको अवस्था सुदृढ एवं बलियो रहेको भन्दै मोरङको अतिसंवेदनशील ५० र संवेदनशील एक सय १४ सहित आठ सय ३९ मतदान केन्द्र रहेकामा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाएको बताए । 

प्रजिअ दाहालले निर्वाचनका निम्ति सहज वातावरण सिर्जना भएकामा सबैलाई धन्यवाद दिए। प्रजिअ दाहालले मतदान केन्द्रको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना रहने भएकाले मतदातालाई निर्भिकताका साथ मतदान गर्न आग्रह गरेका छन् । मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जिल्लामा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारी गरी सात हजार सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए ।

निर्वाचन सम्पन्न भएपछि मतगणना निम्ति निर्वाचन क्षेत्र नं १ का लागि उर्लाबारी नगरपालिका, निर्वाचन क्षेत्र नं २ का विश्वनाथ मन्दिर, निर्वाचन क्षेत्र नं ३ का लागि बेलबारी भगवती मावि तथा निर्वाचन क्षेत्र नं ४, ५ र ६ का लागि विराटनगर महानगरपालिकाअन्तर्गत आदर्श उच्च माविमा तय भएको सहायक प्रजिअ शरदकुमार पोखरेलले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १ : ५९ बजे

आज २०८२ साल साउन ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ४ गते आइतबार। साउन

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी