‘सप्तरीका सबै निर्वाचन स्थलमा निर्वाचन सामग्री पुगिसके’ « Khabarhub

‘सप्तरीका सबै निर्वाचन स्थलमा निर्वाचन सामग्री पुगिसके’


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सप्तरी- मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सप्तरीका सबै मतदानस्थलमा निर्वाचन सामग्री पुगिसकेको जानकारी दिएका छन् । भोलि हुने निर्वाचनका लागि जिल्लाका २९७ वटै मतदानस्थलमा आवश्यक सामग्री पुगिसकेको छ ।

अहिले मतदानका लागि बुथ निर्माण भइरहेको उनले बताए । महिला, पुरुष र अशक्त अपांगताका लागि सहज रूपमा मतदान गर्ने वातावरणका लागि बुथ निर्माण गर्न सबै मतदान अधिकृतलाई निर्देशन दिएको उनले बताए । सबैलाई सहज हुनेगरि बेलुकासम्म बुथ तयार भइसक्ने उनको भनाइ छ । उनले भने, झभोलि मतदान सकिएसँगै मतगणना सुरु गर्ने तयारी थालिएको छ ।

यता, शान्तिपूर्वक भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सबै सुरक्षा व्यवस्था मिलाइसकेको सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्ले बताए । उनले मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीत काममा प्रयोग भएका एक थान स्कारपियो गाडी सप्तकोशी नगरपालिकाबाट नियन्त्रणमा लिएको जानकारी दिए । जिल्लाका सबै मतदान स्थलको सुरक्षा व्यवस्था कडा गरिएको छ, शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गराउन आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन समेत गरिसकेको काफ्लेको भनाइ रहेको छ ।

सप्तरीमा २९७ मतदानस्थलमा ५३८ वटा मतदान केन्द्र छ। सुरक्षा विश्लेषणको आधारमा २०८ मतदानस्थललाई अति संवेदनशील, ८३ संवेदनशील र ४ वटालाई सामान्य तोकिएको छ । एक हजार ६३७ नेपाल प्रहरी र तीन हजार २७८ म्यादी प्रहरी गरी कुल ४ हजार ९१५ जना सुरक्षाकर्मी मतदान स्थलमा खटाइएको छ भने नेपाली सेना पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ३ : ५४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण