मौन अवधिमा प्रचार गरेको भन्दै दुई जना पक्राउ « Khabarhub

मौन अवधिमा प्रचार गरेको भन्दै दुई जना पक्राउ


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका-४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली-९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् ।

पर्सा-४ मा पर्ने कालिकामाई गाउँपालिका-१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७ ४८ नम्बरको गाडी चेकजाँच गरेको थियो । गाडीबाट नक्कली मतपत्र ५९८ थान र ४ थान स्वस्तिक छाप बरामद भएपछि उनीहरूलाई पक्राउ गरेर सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ५ : ३० बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले