मतदान गर्न अध्यक्ष दाहाल चितवनमा « Khabarhub

मतदान गर्न अध्यक्ष दाहाल चितवनमा


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

भरतपुर– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल आज नै चितवन आइपुगेका हुन् ।

उनले चितवन क्षेत्र नं ३ बाट मतदान गर्नेछन् । भरतपुर महानगरपालिका– १४ स्थित राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रमा उनले मताधिकार प्रयोग गर्ने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । 

आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष दाहाल अपराह्न चितवनको भरतपुर विमानस्थल अवतरण भएका अधिकारीले बताए । अध्यक्ष दाहाल बिहानै मतदान गरेर गोरखा जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : ५८ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही