आइतबार चार्टर्ड उडान मात्रै हुने « Khabarhub

आइतबार चार्टर्ड उडान मात्रै हुने


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ । तारा एयरले लुक्लाबाट काठमाडौँ पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने जनाइएको छ ।

हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रियतर्फ भने नियमित उडान हुने विमानस्थलका प्रवक्ता सिटौलाले बताए। आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : ३८ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा