नवलपुरका दुवै क्षेत्रको मतगणना एकै स्थानमा हुने « Khabarhub

नवलपुरका दुवै क्षेत्रको मतगणना एकै स्थानमा हुने


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नवलपुर – आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत नवलपुरको दुवै निर्वाचन क्षेत्रका मतगणना कावासोतीमा हुने भएको छ । दुई वटा प्रतिनिधिसभा तथा चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरको मतगणना सदरमुकाम कावासोतीस्थित कुमारवर्ती बहुमुखी क्याम्पसमा हुने भएको हो ।

जिल्लाको छवटै क्षेत्रको मतगणना आठ वटा कोठाबाट एकसाथ गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले बताए । जिल्लामा दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । एक सय १३ मतदानस्थलमा तीन सय दुई मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गर्न दुई हजार चार सय १६ जना कर्मचारी तथा सोही सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भुसालको भनाइ छ ।

क्षेत्र नं २ का निर्वाचन अधिकृत कमलराज पन्थीका अनुसार आज साँझसम्म मतदानस्थल निर्माण, फोटोसहितको मतदाता परिचयपत्र वितरण तथा सर्वलदलीय बैठक सकिएको छ । सबै मतदानस्थलमा भएको सर्वदलीय बैठकमा मतगणनालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि दलका प्रतिनिधि तयार रहेका पन्थीले बताए ।

जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका मतगणनास्थलमा आएपछि सर्वदलीय बैठकको निर्णयबमोजिम मतगणना गर्ने तयारी गरिएको छ । पन्थीले मतगणना सुरु भएको पाँच दिनभित्र अन्तिम मत परिणाम घोषणा गरिने दाबी गरे ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मतदानस्थलमा हुनसक्ने हिंसात्मक गतिविधि रोक्नदेखि मतदानस्थलबाट मतगणनास्थलसम्म सुरक्षितरुपमा मतपेटिका ल्याउनका लागि सुरक्षाकर्मीलाई उच्च सतर्कता साथ राखिएको बताए । मतदान सकिएपछि आइतबार राति १२ बजेसम्म सबै मतपेटिका जिल्ला सदरमुकाम ल्याउनेगरी तयारी गरिएको उनले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : ०४ बजे

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान