मतदाताको प्रतिक्षामा मतदान केन्द्रहरु « Khabarhub

मतदाताको प्रतिक्षामा मतदान केन्द्रहरु


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा निर्वाचनको तयारी पुरा भएको छ । एक वटा प्रतिनिधिसभा सदस्य र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रमा मतदानको तयारी पुरा भएको हो ।

निर्वाचन सामग्री सहित मतदानस्थल पुगेका कर्मचारी र सुरक्षाकर्मीको टोलीले शनिबार साँझसम्ममा सबै मतदान केन्द्र तयार पारेको मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । कर्मचारी र सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति र कैंदीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र खडा गरिएको छ । ‘जिल्लामा पूर्णरुपमा मतदानको तयारी भएको छ । सबै मतदानस्थलमा मतदान केन्द्र तयार भइसकेको छ,’ सहायक निर्वाचन अधिकृत यादवले भने, ‘आइतबार बिहान ७ बजेको पर्खाइमा छौँ । मत हाल्ने मतदाता आउन मात्र बाँकी छ ।’

मतदानस्थलमा महिला, पुरुष र अशक्त मतदाता उभिने घेराबारा, नामावली भिडाउने ठाउँ, मतदान प्रतिनिधि बस्ने ठाउँ, तथ्यांक फारम भर्ने र नङमा मसी लगाउने ठाउँ, मतपत्र लिने ठाउँ, गोप्य मत संकेत गर्ने गाउँ, मत पेटिका राख्ने लगायतका संरचना तयार पारिएको छ । यस्तै, अपांगता भएका, गर्भवती एवं सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक वा बिरामी, लैंगिक तथा यौनिक अल्पसंख्यक मतदाता उभिने अलग्गै ठाउँ बनाइएको छ ।

निर्वाचनका लागि एक हजार ५५८ कर्मचारी र एक हजार ८५० नेपाल प्रहरी र म्यादी प्रहरी खटिएका छन् । यस्तै, नेपाली सेना र शसस्त्र प्रहरी पनि खटाइएको छ । मतदानस्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र सवैभन्दा बाहिरको घेरामा नेपाली सेना बस्ने प्रवन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले बताए ।

निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

मत गणनास्थल पनि तयार

मत गणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत गणनास्थल पनि तयार पारेको छ । जिल्ला अदालतका तीन ठाउँमा मतगणना स्थल तयार पारिएको सहायक निर्वाचन अधिकृत यादवले बताए । मत पेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउनका लागि दुई वटा संकलन केन्द्र निर्धारण गरेर सवारी साधनमार्फत मत पेटिका ल्याउने तयारी गरिएको छ । जिल्लामा ७७८ वटा मत पेटिकाको प्रयोगमा ल्याइएको छ ।

निर्वाचनमा स्वतन्त्र सहित नौ दलका २६ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा ९क०मा १० जना र प्रदेशसभा ९ख०मा छ जना उम्मेदवार छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : २९ बजे

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

जानकी (बाँके)- गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७

रौतहटमा लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सुरु

चन्द्रपुर (रौतहट)- रौतहटमा प्रहरीले ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं

चितवनमा कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियान

चितवन- डिभिजन वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रवर्द्धन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु- सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु

बहिष्कार खेपेका दुई फिल्म : दर्शक तान्दै ‘लालीबजार’, संकटतिर ‘मालती मंगले’

काठमाडौं – सामाजिक सञ्जालमा बहिस्कारमा परेका र शुक्रबारबाट एकसाथ प्रदर्शनमा