मतदाताको प्रतिक्षामा मतदान केन्द्रहरु | Khabarhub Khabarhub

मतदाताको प्रतिक्षामा मतदान केन्द्रहरु


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा निर्वाचनको तयारी पुरा भएको छ । एक वटा प्रतिनिधिसभा सदस्य र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रमा मतदानको तयारी पुरा भएको हो ।

निर्वाचन सामग्री सहित मतदानस्थल पुगेका कर्मचारी र सुरक्षाकर्मीको टोलीले शनिबार साँझसम्ममा सबै मतदान केन्द्र तयार पारेको मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । कर्मचारी र सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति र कैंदीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र खडा गरिएको छ । ‘जिल्लामा पूर्णरुपमा मतदानको तयारी भएको छ । सबै मतदानस्थलमा मतदान केन्द्र तयार भइसकेको छ,’ सहायक निर्वाचन अधिकृत यादवले भने, ‘आइतबार बिहान ७ बजेको पर्खाइमा छौँ । मत हाल्ने मतदाता आउन मात्र बाँकी छ ।’

मतदानस्थलमा महिला, पुरुष र अशक्त मतदाता उभिने घेराबारा, नामावली भिडाउने ठाउँ, मतदान प्रतिनिधि बस्ने ठाउँ, तथ्यांक फारम भर्ने र नङमा मसी लगाउने ठाउँ, मतपत्र लिने ठाउँ, गोप्य मत संकेत गर्ने गाउँ, मत पेटिका राख्ने लगायतका संरचना तयार पारिएको छ । यस्तै, अपांगता भएका, गर्भवती एवं सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक वा बिरामी, लैंगिक तथा यौनिक अल्पसंख्यक मतदाता उभिने अलग्गै ठाउँ बनाइएको छ ।

निर्वाचनका लागि एक हजार ५५८ कर्मचारी र एक हजार ८५० नेपाल प्रहरी र म्यादी प्रहरी खटिएका छन् । यस्तै, नेपाली सेना र शसस्त्र प्रहरी पनि खटाइएको छ । मतदानस्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र सवैभन्दा बाहिरको घेरामा नेपाली सेना बस्ने प्रवन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले बताए ।

निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

मत गणनास्थल पनि तयार

मत गणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत गणनास्थल पनि तयार पारेको छ । जिल्ला अदालतका तीन ठाउँमा मतगणना स्थल तयार पारिएको सहायक निर्वाचन अधिकृत यादवले बताए । मत पेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउनका लागि दुई वटा संकलन केन्द्र निर्धारण गरेर सवारी साधनमार्फत मत पेटिका ल्याउने तयारी गरिएको छ । जिल्लामा ७७८ वटा मत पेटिकाको प्रयोगमा ल्याइएको छ ।

निर्वाचनमा स्वतन्त्र सहित नौ दलका २६ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा ९क०मा १० जना र प्रदेशसभा ९ख०मा छ जना उम्मेदवार छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : २९ बजे

दुधौलीमा एक युवकको शव भेटियो

सिन्धुली– दुधौली नगरपालिका–२ लामिडाँडामा एक युवकको शव फेला परेको छ

तुइन चुँडिएर महाकालीमै बिलायो नारायणको सपना

दार्चुला– व्यास गाउँपालिका–२ तल्लो दुम्लिङ । बिहानको चिसो हावाले घरको

बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु, २० जना अस्पताल भर्ना

काठमाडौं– बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्किएर भएको दुर्घटनामा एक

प्रधानमन्त्रीले भने- एमालेमाथिका योजनाबद्ध आक्रमणको एकताबद्ध सामना गर्छौँ

काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटी बैठकअन्तर्गत सोमबार भएको छलफलमा पार्टी

सिद्धबाबाविरुद्ध मुद्दा नचलाउने ओली सरकारको निर्णय, सर्वोच्च जाने पीडितको ढोकामा तगारो

बिराटनगर– सिद्धबाबाविरुद्ध चल्दै आएको जबरजस्ती करणीसम्बन्धी मुद्दा अगाडि नबढाउने ओली