चार हजार २०० मिटर उचाइमा रहेको मतदान केन्द्रमा एक सय तीन मतदाता | Khabarhub Khabarhub

चार हजार २०० मिटर उचाइमा रहेको मतदान केन्द्रमा एक सय तीन मतदाता


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मनाङ – हिमाली जिल्ला मनाङमा मतदानका लागि सबै मतदान केन्द्रमा तयारी पूरा भएको छ । उच्च हिमाली क्षेत्रमा रहेको मतदान केन्द्रमा पनि मतदान केन्द्र तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

मुलुककै कम मतदाता रहेको मनाङको सबैभन्दा उचाइमा रहेको मतदान केन्द्र मतदानका लागि तयार भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । “मनाङको सबैभन्दा बढी उचाइ (४,२०० मिटर)मा रहेको नार गाउँको मतदान केन्द्र मतदानका लागि तयार भएको छ । सम्भवतः नेपालको सबैभन्दा बढी उचाइमा भएको मतदान केन्द्र पनि यही नै होला”, शर्माले भने ।

उनका अनुसार यस मतदान केन्द्रमा कूल एक सय तीन मतदाता रहेका छन् । हिउँपर्ने समय भइसकेकाले उच्च हिमाली क्षेत्रमै मतदान केन्द्र तयार पारिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था गरिएको बताए

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा तीन हजार छ सय ८७, चामे गाउँपालिकामा सात सय ७७, नार्पाभूमि गाउँपालिकामा चार सय ६८ र नासों गाउँपालिकामा तीन हजार छ सय ४७ मतदाता रहेका छन् । प्रदेश (१)मा चामे गाउँपालिका र नासों गाउँपालिका पर्दछ । प्रदेश (१)मा दुई हजार छ सय २४ र प्रदेश (२) मा चार हजार एक सय ५५ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : ४७ बजे

एमालेमा थपिए एक लाख ३९ हजार नयाँ सदस्य, कूल संख्यामा २८ प्रतिशतले वृद्धि

काठमाडौं- नेकपा एमालेको सोमबारदेखि सुरू केन्द्रीय कमिटी बैठक एक लाख

२१ अंकले बढ्यो नेप्से, कारोबार १६ अर्ब बढी 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.७६ अंकले बढेको छ

पर्यटन नीति, २०८२ जारी : पर्यटनको विकासदेखि स्वरोजगार पैदा गर्नेसम्मको उद्देश्य 

काठमाडौं– सरकारले पर्यटन नीति, २०८२ जारी गरेको छ । पर्यटन

युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति जरुरी : अध्यक्ष दाहाल

काठमाडौं – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली युवा पुस्तालाई कृषि

साउनको पहिलो सोमबार पशुपतिनाथ पुगे मन्त्री पाण्डे

काठमाडौं– साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री