पेस्तोल देखाएर ४ लाख लुटपाट, लुटेरा फरार « Khabarhub

पेस्तोल देखाएर ४ लाख लुटपाट, लुटेरा फरार


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीमा लुटेरा समुहले पेस्तोल देखाएर चार लाख लुटपाट गरेका छन् । गैडहवा गाउँपालिका–४ का रेशमकुमारी मल्लले लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको रु चार लाख मंगलबार अपराह्न लुटपाट भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले लुटेर फरार भएको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । सु १ ह ३३७ नम्बरको अटो रिक्सामा लुम्बिनीबाट गैडहवातर्फ जाँदै गरेकी मल्ल चढेको इरिक्सा चोकमा रोकेर पेस्तोल तेर्साएर रकम लुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

रकम लुटपाटका लागि लुटेराहरूको गोली समेत चलाएका थिए । उक्त गोली रिक्साको टायरमा लागेकाले मानवीय क्षति नभएको प्रवक्ता भण्डारीले बताए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ८ : ५६ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक