राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा मतदान « Khabarhub

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पर्वत – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकास्थित वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान पछि उहाँले निर्वाचनमा निर्भिकताका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह समेत गरे । पर्वतमा मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठले पहिलो मतदान गरी जिल्लाभर मतदान प्रक्रियाको शुभारम्भ गरे । उनले कुश्मा नगरपालिकास्थित कुश्मा बजारमा रहेको अस्थायी मतदान केन्द्रबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक मतपत्रमा मतदान गरी मतदान कार्यक्रमको सुरुआत गरेका हुन् ।

यसैगरी प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम गिरीले कुश्मा नगरपालिका–३ दुर्लुङको काफलचौर मावि, अर्का उम्मेदवार अर्जुनप्रसाद जोशीले कुश्मा नगरपालिका–४ मा रहेको नारायण माविवाट मतदान गरेका छन् भने प्रदेशसभातर्फ क्षेत्र नं १ मा एमालेका उम्मेदवार भक्त कुँवरले मोदी गाउँपालिका–५ मा रहेको महेन्द्रशिखरी मावि बाजुङ र गठबन्धनका उम्मेदवार सुदीप कुँवरले कुश्मा–१२ ठूलीपोखरीमा रहेको जनता सुदर्शन माविबाट मतदान गरेका छन् ।

त्यसैगरी प्रदेशसभा क्षेत्र २ का उम्मेदवार मित्रलाल बस्यालले पैंयु–४ मा रहेको जनसेवा संस्कृति मावि हुवास मतदान केन्द्र र अर्का उम्मेदवार ऋषिकेश तिवारीले फलेवास–४ मा रहेको माटेदेवल माविबाट मतदान गरेका छन्।

जिल्लामा निर्वाचनका लागि कूल ७६ मतदानस्थलका एक सय ५० मतदान केन्द्र तय गरिएका छन् । यस पटकको निर्वाचनमा पर्वतमा ६० हजार छ सय ५१ पुरुष र ६१ हजार नौ सय ९८ महिला गरी कूल एक लाख २२ हजार छ सय ४९ मतदाता रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयसहितको सुरक्षा संयन्त्रले पर्वतमा ३५ मतदानस्थल अतिसंवेदनशील, ३१ मतदानस्थल संवेदनशील र १० मतदानस्थललाई सामान्य सूचीमा वर्गीकरण गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : २८ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ