अधिकार सम्पन्न सुकुम्वासी आयोग गठन हुन्छ- मन्त्री अर्याल « Khabarhub

अधिकार सम्पन्न सुकुम्वासी आयोग गठन हुन्छ- मन्त्री अर्याल


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी-सुकुम्वासी तथा अव्यवस्थित जग्गाको समस्या समाधान गर्न सरकारले अधिकार सम्पन्न सुकुम्वासी/अव्यवस्थित जग्गा समस्या समाधान आयोग गठन गर्ने तयारी गरेको छ ।

यो आयोग विगतको जस्तो समस्या अध्ययन गर्ने र सरकारलाई प्रतिवेदन बुझाउने मात्र नभई जग्गाधनीलाई ठाउँमै पुगेर पूर्जा वितरण गर्ने अधिकार प्राप्त हुने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्याकुमारी अर्यालले बताइन ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ लोहरौलीमा नापी कार्यालय परासीद्वारा आयोजित गाउँ ब्लक जग्गा धनी पूर्जा वितरण समारोहमा मन्त्री अर्यालले भनिन्’ ‘अहिलेसम्मका १५ वटा सुकुम्वासी आयोगभन्दा अब गठन हुन लागेको १६औँ आयोग अधिकार सम्पन्न हुनेछ, प्रतिवेदन बुझाउने मात्रको आयोग हुने छैन, कार्यविधि बनाएर पठाएपछि स्थलगत रुपमै जग्गाधनी पूर्जा थमाउने हैसियत राख्नेछ, जग्गाको समस्या समाधान गर्ने आयोग हुनेछ ।’

भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न सरकार अघि बढेको बताउँदै मन्त्री अर्यालले गाउँ ब्लकको जग्गा धनी पूर्जा वितरण सरकारले अभियान कै रुपमा चलाएको जानकारी दिइन । जनताको सम्पत्ति सुरक्षित राख्न मालपोत कार्यालयमा अनलाइन प्रणाली शुरु गरिएको उल्लेख गर्दै मन्त्री अर्यालले शुरुमा केही समस्या देखिएपनि अब समाधान भइसकेको उल्लेख गरिन ।

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दीपक गुप्ताले गाउँपालिकाभित्र धेरै नागरिकले आफूले भोगचलन गर्दै आएपनि जग्गाको पूर्जा नहुँदा धेरै समस्या खेप्नुपरेको अवस्था रहेकोले आफूले पहल गरेर जग्गाधनी पूर्जा वितरण गराउन सफल भएको बताए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ९ : १४ बजे

चुरे बस्तीमा बाघ आतंक

महोत्तरी– महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतंक बढेको छ । जिल्लाको

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि