जनताका पक्षमा मतदान गर्न बिजुक्छेंको आग्रह « Khabarhub

जनताका पक्षमा मतदान गर्न बिजुक्छेंको आग्रह


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भादगाउँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले जनताका पक्षमा मतदान गर्न सबै मतदातामा आग्रह गरेका छन् ।

भक्तपुर नगरपालिका–५ विद्यार्थी निकेतन माध्यमिक विद्यालय साकोठाको मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो आग्रह गरेका हुन् ।

अध्यक्ष बिजुक्छेंले निर्वाचनका लागि हाल गरिएका दुवै गठबन्धन सत्ता स्वार्थका लागि गरिएको आरोप पनि लगाए ।

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमालेसहित राप्रपाको गठबन्धन एउटै सिक्काका दुई वटा पाटा भएको पनि उनको टिप्पणी थियो । भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार वटा निर्वाचन क्षेत्र छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  २ : २२ बजे

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना

देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन