ललितपुरमा १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान | Khabarhub Khabarhub

ललितपुरमा १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पाटन- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा ललितपुर जिल्लामा दिउँसो १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान भएको छ । ‘आज दिउँसो १ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा गरी ३६ दशमलव १३ प्रतिशत मतदान भइसकेको छ’, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने, ‘निर्धारित समयसम्म ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरेका छौँ ।’ 

उनका अनुसार जिल्लाको एउटा मतदान केन्द्रमा अहिले मतदान रोकिएको छ । ललितपुरको क्षेत्र नम्बर ३ मा पर्ने वडा नं २८ अन्तर्गत वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र समानुपातिक मतपेटिकामा र समानुपातिक मतपत्र प्रत्यक्षतर्फको मतपेटिकामा परेपछि मतदान रोकिएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  २ : ५५ बजे

दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं – आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज ३० गते बुधबार सन्

टी-२० महिला विश्वकप : वेस्ट इन्डिजको जितले इंग्ल्याण्ड बाहिरियो

यूएई – महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण तय

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ३० गते बुधबार तदनुसार

आज २०८१ साल असोज ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ३० गते बुधबार तदनुसार