बाजुरामा मतपेटिकामा आगजनी, मतदान स्थगित « Khabarhub

बाजुरामा मतपेटिकामा आगजनी, मतदान स्थगित


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-१ मा मतपेटिकामा आगो लगाइएको छ । स्वामिकार्तिक खापर गाउँपालिका-१ स्थित भगवती माविको मतदान केन्द्रमा समानुपातिक मतपेटिकामा आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए ।

उनले आगजनीको कारण भने नखेलेको बताए । ‘आगजनी कसले र किन गर्‍यो भन्ने खुलेको छैन,’ रावलले भने, ‘यसबारेमा छानविन भइरहेको छ ।’ सो मत पेटिकामा ९ सय ५० मत खसेका थिए । मतपेटिकामा आगजनी भएपछि सो मतदान केन्द्रको मतदान कार्य स्थगित भएको एसएसपी रावलले बताए । 

त्यसैगरी बाजुराको बुढीगंगा नगरपालिका-५ मा पनि कांग्रेस र एमालेका कार्यकर्ता भएको विवादका कारण मतदान स्थगित भएको छ । सो स्थानमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा केही मानिस घाइते समेत भएका छन् ।

बाजुराका अन्य स्थानमा भने मतदान भइरहेको एसएपी रावलले जानकारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार जिल्लाको खप्तड छेडेदह-१, त्रिवेणी-७ तथा स्वामिकार्तिक खाँपर ३ र ४ मा पुनः मतदान सुरु भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ४ : ४५ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको