४६ पर्यवेक्षक संस्थाले गरे निर्वाचन पर्यवेक्षण « Khabarhub

४६ पर्यवेक्षक संस्थाले गरे निर्वाचन पर्यवेक्षण


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशी पर्यवेक्षकहरूले काठमाडौं उपत्यकाका मतदान केन्द्रहरूको पर्यवेक्षण गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरू सम्मिलित टोलीले निर्वाचन पर्यवेक्षण गरेको हो। 

नेपाल भित्रका भने ४४ संस्थाहरूले पर्यवेक्षणको अनुमति पाएका थिए। भारतबाट भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारसहितको प्रतिनिधिमण्डलले नेपालको निर्वाचनको पर्यवेक्षण गरेको थियो। त्यस्तै बंगलादेशका प्रमुख निर्वाचन आयुक्त काजी हबिबुल अवाल, भुटानका प्रमुख निर्वाचन आयुक्त सोनम तोप्गे र माल्दिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाद थोफिकको नेतृत्वमा पदाधिकारीले नेपालका निर्वाचनको पर्यवेक्षण गरेका हुन्। 

श्रीलंकाबाट दुई निर्वाचन आयुक्त एमएम मोहम्मद र एसबी देवरत्ने तथा दक्षिण कोरियाबाट इलेक्सन कमिस्नर किम चाङ–बोसहितको टोलीले नेपालको निर्वाचन पर्यवेक्षण गरेको छ।

पर्यवेक्षणमा खटिने व्यक्ति तथा संस्थाले निर्वाचनको वैधता, स्वतन्त्रता, निष्पक्षता, तटस्थता, समानता लगायतका विषयमा पर्यवेक्षण गरेका थिए। पर्यवेक्षक संस्था र व्यक्तिका लागि छुट्टै आचारसंहिता तोकिएको थियो। निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ६ मा पर्यवेक्षण गर्ने संस्था तथा पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण समेटिएको छ। 

पर्यवेक्षण अनुमति पाएका संस्थाले पर्यवेक्षण कार्य समाप्त भएको तीन दिनभित्रमा त्यसको प्रतिवेदन निर्वाचन आयोगसमक्ष बुझाइ सक्नुपर्ने व्यवस्था रहेको छ। 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ३१ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय