अछाममा ५५ प्रतिशत मत खस्यो « Khabarhub

अछाममा ५५ प्रतिशत मत खस्यो


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा करिव ५५ प्रतिशत मतदान भएको छ । दुई वटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिव ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत पिताम्बर शर्माले जानकारी दिए । जिल्लाका क्षेत्र नम्बर १ का १०३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १०५ मतदान केन्द्र तथा तीन वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको र मतदाताले मतदान गरेका उनले बताए ।

जिल्लामा क्षेत्र नम्बर  १ मा ३८ हजार १३३ पुरुष, ४० हजार ९०२ महिला र १ जना अन्य गरी ७९ हजार ३६ मतदाता रहेका थिए ।
यसैगरी क्षेत्र नम्बर २ मा ३९ हजार २६३ पुरुष, ४० हजार ३६३ महिला र अन्य १ गरि ७९ हजार ६२७ जना मतदाता रहेका थिए । 

जिल्लाभर ७७ हजार ३९० पुरुष, ८१ हजार २५६ महिला र अन्य २ गरि १ लाख ५८ हजार ६ सय ५७ मतदाता रहेका छन् ।
कुनै मतदान केन्द्रमा ६०-६५ प्रतिशत तथा कुनैमा ५० प्रतिशतसम्म मतदान भएको निर्वाचन अधिकृत शर्माले बताए । 

अहिले कर्मचारी मतपेटिका सिल गरी मतदान अधिकृतको कार्यालयमा फर्किने क्रममा रहेका छन् । आफ्नो मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सकिएको र अब फर्किने क्रममा रहेको अछाम क्षेत्र नम्बर २ मा रहेको गंगा मावि मतदान केन्द्रका मतदान अधिकृत भीम बहादुर सिंहले जानकारी दिए । 

९२३ मतदाता संख्या रहेको उक्त केन्द्रमा ३ सय पाच महिला, १ सय ९३ पुरुष गरी ४ सय ९८ मतदान भएको उनको भनाइ छ । जुन ५३.९५ प्रतिशत रहेको मतदान अधिकृत सिंहले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ३८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु