मनाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइयो | Khabarhub Khabarhub

मनाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइयो


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ– हिमाली जिल्ला मनाङमा सेनाको हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम चामे ल्याइएको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिका १ देखि ३ वडासम्म नार गाउँको तीनवटा मतदान केन्द्र साथै ४ र ५ वडा फूको दुईवटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम चामे ल्याइएको हो ।

सशस्त्र प्रहरी बल मनाङका प्रमुख डीएसपी दुर्गा थापाका अनुसार हेलिकप्टरले ढुवानी गरेको मतपेटिकालाई कडा सुरक्षाकाबीच जिल्ला अदालतको मतगणनास्थलमा राखिएको छ  । मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले नार र फूबाट मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको र सर्वदलीय बैठकपछि आज नै गणना गरिनेछ। 

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार कूल चार सय ६८ मतदाता रहेको नार्पाभूमि गाउँपालिकामा तीन सय १८ मत खसेको छ । मनाङमा मतदाता ६ हजार ७ सय ७९ रहेकोमा चार हजार आठ सय ४५ अर्थात् ७१ दशमलब ४७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई हजार चार सय ८६ महिला र दुई हजार तीन सय ५९ पुरुषले मतदान गरेका छन् ।

(प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी मतपरिणामको लाइभ अपडेटका लागि election.khabarhub.com क्लिक गर्नुहोला ।)

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १ : ०९ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल