समानुपातिक ‘अपडेट’ : माओवादी र समाजवादी भन्दा रविको पार्टी अगाडि | Khabarhub Khabarhub

समानुपातिक ‘अपडेट’ : माओवादी र समाजवादी भन्दा रविको पार्टी अगाडि


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ नेपाली कांग्रेसले प्रतिनिधिसभाका २ क्षेत्रमा जित हासिल गर्दै अग्रस्थानमा छ भने नेकपा (एमाले) एक क्षेत्रमा जित हासिल गर्दै दोस्रो स्थानमा छ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस ३५ स्थान र नेकपा (एमाले) ३२ स्थानमा अग्रस्थानमा छन्। साथै, नेकपा (माओवादी केन्द्र) ९, राष्ट्रिय स्वतन्त्र पार्टी ८, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र अन्यले १९ स्थानमा अग्रता कायम गरेका छन्।

प्रत्यक्षतर्फ अग्रस्थानमा रहेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने दोस्रो स्थानमा छ। निर्वाचन आयोगका अनुसार एमालेले हालसम्म २३ हजार ३७४ मत प्राप्त गरी शीर्ष स्थानमा छ भने नेपाली कांग्रेस २१ हजार ९४९ मतसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ५०५ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)ले आठ हजार ३९८ मतका साथ चौथो स्थानमा छ।

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ४७६, जनता समाजवादी पार्टी नेपालले दुई हजार ९८, जनमत पार्टीले एक हजार ६४८ मत र नेपाल मजदुर किसान पार्टीले एक हजार ६०० मत प्राप्त गरेका छन्। साथै, समानुपातिकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक हजार ३७५, नागरिक उन्मुक्ति पार्टीले ७६५ र अन्यले चार हजार ८६५ मत प्राप्त गरेका छन्।

प्रदेशसभाको समानुपातिकतर्फ पनि नेकपा (एमाले) शीर्ष स्थानमा छ। एमालेले आठ हजार १२४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले सात हजार ४११ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले दुई हजार ६७८ मत प्राप्त गरेको छ।

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार १४८, जनता समाजवादी पार्टी नेपालले एक हजार ३७५ र अन्यले तीन हजार ८३ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : ४१ बजे

सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक

काठमाडौं– सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’को अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा

जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

जुम्ला– चन्दननाथ नगरपालिका– ७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक

नेपाली शान्ति सैनिकको एक टोली स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ