काठमाडौंका नौ निर्वाचन क्षेत्रमा कसको अग्रता कति ? | Khabarhub Khabarhub

काठमाडौंका नौ निर्वाचन क्षेत्रमा कसको अग्रता कति ?


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार दिउँसोदेखि सुरु भएको काठमाडौं क्षेत्र नं १ को मतगणना टुङ्गिएको छ। काठमाडौं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्। काठमाडौँका बाँकी नौ वटा निर्वाचन क्षेत्रमा भने मतगणना अहिले पनि जारी छ।

क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम अग्रस्थानमा छन्। उनले दुई हजार आठ सय ९१ मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का ओनसरी घर्तीले एक हजार दुई सय ८८ मत ल्याएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तादेवी पोखरेल एक हजार एक सय १९ मतसहित तेस्रो स्थानमा छन्। एमालेका मणिराम फुयालले भने हालसम्म एक हजार ९८ मत ल्याएका छन्।

क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे चार हजार पाँच सय मतसहित अग्रस्थानमा छन्। उनलाई एमालेका कृष्णबहादुर राईले तीन हजार दुई सय १३ मतसहित पछ्याइरहेका छन्। तेस्रो स्थानमा रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले एक हजार ६१७ मत प्राप्त गरेका छन्।

काठमाडौं क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापाले ११ हजार नौ सय ८८ मत पाउँदा दोस्रो स्थानमा रहनुभएका एमालेका डा राजन भट्टराईले नौ हजार दुई सय ७७ मत पाएका छन्।

क्षेत्र नं ५ मा कांग्रेसका प्रदीप पौडेल दुई हजार पाँच सय ९१ मतसहित अग्रस्थानमा छन् भने नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले एक हजार ६९८ मत प्राप्त गरेका छन्।

काठमाडौँ क्षेत्र नं ६ मा रास्वपाका शिशिर खनालले दुई हजार ७९ मतसहित अग्रस्थानमा छन्। कांग्रेसका भीमसेनदास प्रधानले १ हजार ४१२ मत प्राप्त गरेर दोस्रो भएका छन्। एमालेका उम्मेदवार सर्वेन्द्र खनाल एक हजार ४१ मतसहित तेस्रो स्थानमा छन्।

क्षेत्र नं ७ मा एमालेका श्यामकुमार घिमिरे प्रतिस्पर्धीलाई पछाडि पार्दै एक हजार तीन सय ५८ मत प्राप्त गरेका छन्। रास्वपाका उम्मेदवार गणेश पराजुलीले एक हजार ६५ मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने माओवादी केन्द्रका अस्मिता सिंह (मानुषी) यमी भट्टराईले नौ सय ६३ मत ल्याएर पछ्याइरहेकी छन्।

क्षेत्र नं ८ मा भने रास्वपाका विराजभक्त श्रेष्ठले तीन हजार ७७० मत प्राप्त गर्दै अग्रस्थानमा छन्। यस्तै हाम्रो नेपाल पार्टीका उम्मेदवार सुमन सायमीले तीन हजार तीन सय १० मत प्राप्त गरेकी छन्। एमालेका शिवसुन्दर राजवैद्यले एक हजार पाँच सय ८७ मत प्राप्त गरेका छन्।

यसैगरी क्षेत्र नं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले पाँच हजार ७३४ मत प्राप्त गर्दै अग्रस्थानमा छन्। यस क्षेत्रमा रास्वपाका टेकबहादुर पोखरेलले पाँच हजार १४५ मत प्राप्त गरेका छन्। लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका कल्पना धमलाले तीन हजार एक सय ३७ मत प्राप्त गरेका छन्।

त्यस्तै, क्षेत्र नं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार केसीले दुई हजार चार सय १८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका रास्वपाका उम्मेदवार प्रदीप विष्टले एक हजार आठ सय ७८ मत ल्याएका छन्। एमालेका हिमेश केसीले एक हजार तीन सय मतसहित तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ३१ बजे

बाँकेमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

बाँके– राप्ती सोनारी गाउँपालिका-२ मुगुवा खोला नजिकै सडकमा ना.५ ख ३६१०

५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी छ : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण

तीस हजारभन्दा बढी अफगान स्वदेश फिर्ता

क्वेट्टा- पाकिस्तानको क्वेटामा अवैध रूपमा बसोबास गर्दै आएका ३० हजारभन्दा

मुलुकमा १८ अर्बको काठजन्य सामग्री आयात

काठमाडौं– मुलुकमा १८ अर्बको काठ र काठजन्य सामग्री आयात भएको

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

काठमाडौं– पछिल्लो एक वर्षको अवधिमा काठमाडौँ जिल्लामा दुई हजार ७००