म्याग्दीमा कांग्रेसका गर्बुजाको अग्रता « Khabarhub

म्याग्दीमा कांग्रेसका गर्बुजाको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ।

सोमबार राति ९ बजेबाट सुरु भएको मतगणना आज बिहान ५ः३० बजेसम्म धौलागिरि गाउँपालिका र मालिका गाउँपालिका–१ निस्कोटको गणना सम्पन्न भएको छ।

पछिल्लो मत परिणामअन्तर्गत प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्वीर) ले तीन सय मतले अग्रता कायमै राखेका छन्।

निस्कोटको मतगणना गरिसक्दा गर्बुजाले तीन हजार एक सय ९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले दुई हजार आठ सय ९६ मत प्राप्त गरेर गर्बुजालाई पछ्याइ रहेका छन्।

त्यसैगरी प्रदेशसभा (२) को पनि मतगणना जारी रहेको छ। मतगणनाको पछिल्लो परिणामअनुसार गठबन्धनका तर्फबाट नेकपामा ओवादीका रेशम जुग्जाली (सुविन)ले दुई हजार नौ सय ८२ र र नेकपा (एमाले)का यामबहादुर गर्बुजाले तीन हजार १० मत प्राप्त गरेका छन्।

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जुग्जालीले २८ मतले अग्रता कायमै गरेका छन्। जिल्लाभरि ८६ हजार एक सय २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो। प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट मतगणना सुरु गरिएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ५३ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको