म्याग्दीमा कांग्रेसका गर्बुजाको अग्रता | Khabarhub Khabarhub

म्याग्दीमा कांग्रेसका गर्बुजाको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ।

सोमबार राति ९ बजेबाट सुरु भएको मतगणना आज बिहान ५ः३० बजेसम्म धौलागिरि गाउँपालिका र मालिका गाउँपालिका–१ निस्कोटको गणना सम्पन्न भएको छ।

पछिल्लो मत परिणामअन्तर्गत प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्वीर) ले तीन सय मतले अग्रता कायमै राखेका छन्।

निस्कोटको मतगणना गरिसक्दा गर्बुजाले तीन हजार एक सय ९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले दुई हजार आठ सय ९६ मत प्राप्त गरेर गर्बुजालाई पछ्याइ रहेका छन्।

त्यसैगरी प्रदेशसभा (२) को पनि मतगणना जारी रहेको छ। मतगणनाको पछिल्लो परिणामअनुसार गठबन्धनका तर्फबाट नेकपामा ओवादीका रेशम जुग्जाली (सुविन)ले दुई हजार नौ सय ८२ र र नेकपा (एमाले)का यामबहादुर गर्बुजाले तीन हजार १० मत प्राप्त गरेका छन्।

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जुग्जालीले २८ मतले अग्रता कायमै गरेका छन्। जिल्लाभरि ८६ हजार एक सय २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो। प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट मतगणना सुरु गरिएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ५३ बजे

बाँकेमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

बाँके– राप्ती सोनारी गाउँपालिका-२ मुगुवा खोला नजिकै सडकमा ना.५ ख ३६१०

५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी छ : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण

तीस हजारभन्दा बढी अफगान स्वदेश फिर्ता

क्वेट्टा- पाकिस्तानको क्वेटामा अवैध रूपमा बसोबास गर्दै आएका ३० हजारभन्दा

मुलुकमा १८ अर्बको काठजन्य सामग्री आयात

काठमाडौं– मुलुकमा १८ अर्बको काठ र काठजन्य सामग्री आयात भएको

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

काठमाडौं– पछिल्लो एक वर्षको अवधिमा काठमाडौँ जिल्लामा दुई हजार ७००