पर्वतमा कांग्रेसका जोशीको अग्रता कायमै | Khabarhub Khabarhub

पर्वतमा कांग्रेसका जोशीको अग्रता कायमै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ। जिल्लामा कूल खसेको ६६ हजार दुई सय ७३ मतमध्ये बिहान ६ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आठ हजार आठ सय ५२ मत गणना गरिएको छ।

पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा (एमाले)का उम्मेदवार पदम गिरीलाई चार सय ८६ मतान्तरले पछि पारेका छन्। जोशीले चार हजार एक सय ५७ मत प्राप्त गर्नुभएको छ भने गिरीले तीन हजार छ सय ७१ मत प्राप्त गरेका छन्।

त्यस्तै प्रदेशसभा सदस्य क्षेत्र नं १ तर्फ गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदीप कुँवरले तीन हजार नौ सय ६५ मत प्राप्त गरेका छन् भने एमालेका भक्त कुँवरले तीन हजार आठ सय १२ मत प्राप्त गरेका छन्।

प्रदेशसभा निर्वाचन क्षेत्र नं २ तर्फ गठबन्धनका तर्फका कांग्रेस उम्मेदवार ऋषिकेश तिवारीलाई एमालेका उम्मेदवार मित्रलाल बस्यालले पाँच सय ३० मतले पछि पार्दै अग्रता कायम राखेका छन्। पछिल्लो परिणामअनुसार कांग्रेसका तिवारीले तीन हजार एक सय ७१ र एमालेका बस्यालले तीन हजार सात सय मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारीअनुसार मतगणना जारी रहेको र बुधबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने जानकारी दिएको छ। पर्वतमा कांग्रेसका जोशीको अग्रता कायमै

काठमाडौं – पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ। जिल्लामा कूल खसेको ६६ हजार दुई सय ७३ मतमध्ये बिहान ६ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आठ हजार आठ सय ५२ मत गणना गरिएको छ।

पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा (एमाले)का उम्मेदवार पदम गिरीलाई चार सय ८६ मतान्तरले पछि पारेका छन्। जोशीले चार हजार एक सय ५७ मत प्राप्त गर्नुभएको छ भने गिरीले तीन हजार छ सय ७१ मत प्राप्त गरेका छन्।

त्यस्तै प्रदेशसभा सदस्य क्षेत्र नं १ तर्फ गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदीप कुँवरले तीन हजार नौ सय ६५ मत प्राप्त गरेका छन् भने एमालेका भक्त कुँवरले तीन हजार आठ सय १२ मत प्राप्त गरेका छन्।

प्रदेशसभा निर्वाचन क्षेत्र नं २ तर्फ गठबन्धनका तर्फका कांग्रेस उम्मेदवार ऋषिकेश तिवारीलाई एमालेका उम्मेदवार मित्रलाल बस्यालले पाँच सय ३० मतले पछि पार्दै अग्रता कायम राखेका छन्। पछिल्लो परिणामअनुसार कांग्रेसका तिवारीले तीन हजार एक सय ७१ र एमालेका बस्यालले तीन हजार सात सय मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारीअनुसार मतगणना जारी रहेको र बुधबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने जानकारी दिएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ५८ बजे

असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा

सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक

काठमाडौं– सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’को अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा

जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

जुम्ला– चन्दननाथ नगरपालिका– ७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक