दाङ क्षेत्र नं ३ मा कांग्रेसको अग्रता कायमै « Khabarhub

दाङ क्षेत्र नं ३ मा कांग्रेसको अग्रता कायमै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राखेका छन्।

आइतबार सम्पन्न निर्वाचनमा उनले दुई हजार चार सय ३६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार कोमल वलीले दुई हजार एकसय ४८ मत प्राप्त गर्नुभएको छ।

निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार उनीहरुबीच दुई सय ८८ को मतान्तर रहेको छ। अहिलेसम्म छ हजार एक सय ८० मतगणना भएको छ।

सो क्षेत्रमा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ३२ मत खसेको थियो।

त्यस्तै प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका डिल्ली चौधरीले तीन हजार मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार घनश्याम पाण्डेले दुई हजार पाँच सय ६६ मत प्राप्त गर्नुभएको छ।

छ हजार छ सय ५८ मतगणना हुँदा उहाँहरुबीचको मतान्तर चार सय २३ रहेको छ। दाङ ३ को १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँचसय ७० मत खसेको थियो।

दाङ ३ (ख)मा मास्कीको अग्रता
दाङ क्षेत्र नं ३ को प्रदेशसभा (ख) मा गठबन्धनअन्तर्गत नेकपा (माओवादी केन्द्र)का धनबहादुर मास्की(राजेश)ले दुई हजार आठ सय ५२ मत प्राप्त गरेका छन्। एमालेका हुकुम बस्नेतले दुई हजार चार सय ८२ मत प्राप्त गरे।

हालसम्म छ हजार दुई सय ७७ मत गणना भएको छ। उनीहरुबीचको मतान्तर तीन सय ७० रहेको छ। सोही निर्वाचन क्षेत्रमा ७९ हजार नौ सय ८९ मतदाता रहेकोमा ४९ हजार नौ सय ५० मत खसेको थियो।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : २५ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको