तनहुँका दुई स्थानमै काङ्ग्रेसको अग्रता | Khabarhub Khabarhub

तनहुँका दुई स्थानमै काङ्ग्रेसको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तनहुँका प्रतिनिधिसभाका दुई वटै क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

हाल जारी मतगणनामा प्रतिनिधिसभा अन्तर्गत तनहुँ १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले ९४४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेकपा (एमाले)का एकबहादुर रानाले ६०३ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २६१, राप्रपाका विनोद घर्तीले २२६ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले १४८ मत प्राप्त गरेका छन्।

तनहुँ १ प्रदेश १ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठले ५९९, नेकपा (एमाले)का रामबहादुर गुरुङले ३७५ मत प्राप्त गरेका छन्।

तनहुँ १ प्रदेश २ तर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) केन्द्रका हरिबहादुर चुमानले एक हजार १०४ र नेकपा (एमाले) का पूर्ण गुरुङले ४७० मत प्राप्त गरेका छन्।

तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत प्रतिनिधिसभामा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका शङ्कर भण्डारीले अग्रता लिएका छन्। भण्डारीले छ हजार एक सय २१ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा (एमाले)का किरण गुरुङले चार हजार दुई सय ३५ मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले नौ सय १८, हाम्रो नेपाली पार्टीका विष्णु पराजुलीले एक सय ८५ र राप्रपाका नरेन्द्रप्रताप महतले २०६ मत प्राप्त गरेका छन्।

प्रदेशसभा १ तर्फ नेकपा (माओवादी) केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले दुई हजार ८२ मत प्राप्त गर्दा नेकपा (एमाले)का श्यामराजा महतले एक हजार सात सय ४४ मत ल्याएका छन्।

प्रदेशसभा २ तर्फ नेकपा (एमाले)का केदार सिग्देलले सात सय ७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जीतप्रकाश आलेले ६४७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ३७ बजे

संसद्को गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख र रास्वपाबीच छलफल

 काठमाडौं– प्रतिनिधिसभा बैठकमा जारी गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख

सभामुख घिमिरे र गृहमन्त्रीबीच दुई बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका

गाजा क्षेत्रमा खानेकुरा पाउन व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिए

काठमाडौं– इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा खानेकुरा प्राप्त गर्न व्यग्र

सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा

दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

धरान– यहाँको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई