मकवानपुर १ मा कमल थापाभन्दा डिना अगाडी, २ मा एमालेको अग्रता « Khabarhub

मकवानपुर १ मा कमल थापाभन्दा डिना अगाडी, २ मा एमालेको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मकवानपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता कायम राखेकी छन्।

गणना भएको पाँच हजार ३० मतमध्ये सत्ता गठबन्धनका साझा उम्मेदवार उपाध्यायले दुई हजार ४७७ मत प्राप्त गरेका छन्। उनलाई नेकपा (एमाले)का उम्मेदवार तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक हजार ६४३ मतसहित पछ्याइरहेका छन्। राप्रपा उम्मेदवार दीपक सिंहले तीन सय ७३ मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का महेशकुमार बर्तौलाले अग्रता लिएका छन्। गणना भएको छ हजार ५१८ मतमध्ये बर्तौलाले दुई हजार ७३३ मत प्राप्त गरेका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडाले दुई हजार ६८६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले पाँच सय ३४ मत ल्याएका छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ४३ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका