काठमाडौँ-६ मा घण्टीका खनालको अग्रता « Khabarhub

काठमाडौँ-६ मा घण्टीका खनालको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल सात हजार सात सय ९६ मतसहित अग्रता कायम गरेका छन्। अपराह्न ३ बजेसम्म कूल १३ हजार तीन सय ४३ मत गणना हुँदा नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार ६८ मत प्राप्त गरेका छन्। 

नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले दुई हजार नौ सय ४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तारकेश्वर नगरपालिकाको धर्मस्थलीस्थित वडा कार्यालय भवनमा मतगणना जारी छ । अहिले सो क्षेत्रको प्रदेशसभा २ को मतगणना चलिरहेको छ । 

तीन स्थानमा मतगणना गरिएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए। सो क्षेत्रमा ३९ हजार ६६ मत खसेको थियो । अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना भइरहेको छ । सो क्षेत्रमा ६२ हजार मतदाता रहेका थिए । 

सोही क्षेत्रको प्रदेशसभा ९१० मा कांग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले दुई हजार पाँच सय ६३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतसागर महर्जनले दुई हजार तीन सय ६० मत प्राप्त गरेका छन् ।

 प्रदेशसभा (२) मा एमालेका अमनकुमार मास्केले तीन हजार दुई सय ४६ मत प्राप्त गर्दा कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले दुई हजार पाँच सय ९३ मत पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : १५ बजे

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको