साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बोहराको अग्रता | Khabarhub Khabarhub

साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बोहराको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देही क्षेत्र नम्बर ३ मा दीपक बोहराको अग्रता कायम रहेको छ । १४ हजार सात सय ५५ मत गणना हुँदा बोहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाणले चार हजार नौ सय १० मत प्राप्त गरेका छन् । यतिबेला गणना भइरहेको क्षेत्र कांग्रेसको पकड मानिएको मायादेवी ७ र ८, तिलोत्तमा १४, ओमसतिया २ मा पनि बोहराले अग्रता कायम गरेका छन् ।

यसैगरी सियारी १ को पनि मतगणना सकिएको छ । मायादेवी ७ र ८ मा ४५३० मत खसेकोमा खाणको पक्षमा १९४१ र हलोलाई १४३६ मत प्राप्त भएको थियो । यता तिलोत्तमा १४ मा ४६१० मतमध्ये रुखमा १४८३ र हलोमा १९३४ मत आएको छ । यसैगरी, ओमसतिया २ र सियारी १ मा मतगणना सम्पन्न हुँदा रुखलाई १४८६ र हलोमा २२८६ मत प्राप्त भएको छ ।

यसरी दिउँसो ४ बजे सम्मको मतगणना सकिँदा बोहरा ७४७ मतले खाणभन्दा अगाडि रहेका छन् । योबीचमा एक हजार १४ मत बदर भएको छ । राप्रपाका नेता समेत रहेका पूर्वमन्त्री  बोहरालाई एमाले  र जसपाको समर्थन रहेको छ । यता, गृहमन्त्री समेत रहेका खाणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राजमोलगायतले समर्थन गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : ४६ बजे

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौं– तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा मात्र

काठमाडौँका व्यस्त सडक दशैँमा सुनसान

काठमाडौं– नेपालीहरूको महान पर्व दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठहरूको दर्शन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका

हडान्याकले पाए नोबेल शान्ति पुरस्कार

काठमाडौं – अटोमिक बमबाट बचेका जापानका नियोन हडान्क्याले सन् २०२४ को

कोलोराडोको सुन खानीमा १० जना फसे, ११ को उद्धार

एजेन्सी– अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण