प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेको अग्रता | Khabarhub Khabarhub

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेको अग्रता देखिएको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट पछिल्लो तथ्याङ्कअनुसार एमालेले एक लाख १३ हजार चार सय ३६ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले ९७ हजार ८२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ हजार २९, नेकपा माओवादी केन्द्रले ४१ हजार आठ सय २३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ हजार आठ सय २१, जनता समाजवादी पार्टी नेपालले नौ हजार १९, जनमत पार्टीले आठ हजार चार सय ८४, नागरिक उन्मुक्ति पार्टीले छ हजार ५९, नेपाल मजदुर किसान पार्टीले पाँच हजार छ सय ७१ र नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच हजार ४०३ मत प्राप्त गरेको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले २९ हजार सात सय ५०, कांग्रेसले २४ हजार नौ सय ७७, माओवादी केन्द्रले १० हजार तीन सय ६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात हजार पाँच सय ८० र जनता समाजवादी पार्टीले पाँच हजार एक सय ४ मत प्राप्त गरेका छन् ।

मधेस प्रदेशमा कांग्रेसले पाँच हजार छ सय, एमालेले पाँच हजार चार सय ८७, जनमत पार्टीले चार हजार तीन सय ९८, जनता समाजवादी पार्टी नेपालले दुई हजार पाँच सय २२ र माओवादी केन्द्रले एक हजार नौ सय ९५ मत प्राप्त गरेको छ ।

बागमती प्रदेशमा कांग्रेसले १५ हजार नौ सय २१, एमालेले १५ हजार पाँच सय ५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले नौ हजार पाँच सय छ, माओवादी केन्द्रले सात हजार चार सय ५६ र नेपाल मजदुर किसान पार्टीले पाँच हजार १९ मत प्राप्त गरेका छन् ।

गण्डकीमा एमालेले २२ हजार ७०, कांग्रेसले १५ हजार सात सय ७१, माओवादी केन्द्रले चार हजार आठ सय ७५, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार हजार पाँच सय २४ र हाम्रो नेपाली पार्टीले एक हजार नौ सय ६० मत प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशमा एमालले ३२ हजार ४८, कांग्रेसले २३ हजार तीन सय ९९, माओवादी केन्द्रले १० हजार छ सय ५५, राप्रपाले सात हजार पाँच सय १९, नागरिक उन्मुक्ति पार्टीले पाँच हजार छ सय १९ मत प्राप्त गरेको छ ।

कर्णालीमा माओवादीले तीन सय ४३, एमालेले एक सय ७९, कांग्रेसले ९९, राप्रपाले ७० र हाम्रो नेपाली पार्टीले छ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको समानुपातिकतर्फको मत आयोगको प्रणालीमा प्रविष्ट हुन सकेको छैन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : १८ बजे

प्रिमियरसिप : लिभरपुलको अग्रता, पालमरको चार गोलमा चेल्सीको जित

काठमाडौं– कोल पालमर प्रिमियरसिपको पहिलो हाफमा नै चार गोल गर्ने

बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं– भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ

आजको मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

आज २०८१ साल असोज १३ गते आइतबारको राशिफल

काठमाडौं– आज २०८१ साल असोज १३ गते आइतबार तदनुसार सन्