प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेको अग्रता « Khabarhub

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेको अग्रता देखिएको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट पछिल्लो तथ्याङ्कअनुसार एमालेले एक लाख १३ हजार चार सय ३६ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले ९७ हजार ८२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ हजार २९, नेकपा माओवादी केन्द्रले ४१ हजार आठ सय २३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ हजार आठ सय २१, जनता समाजवादी पार्टी नेपालले नौ हजार १९, जनमत पार्टीले आठ हजार चार सय ८४, नागरिक उन्मुक्ति पार्टीले छ हजार ५९, नेपाल मजदुर किसान पार्टीले पाँच हजार छ सय ७१ र नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच हजार ४०३ मत प्राप्त गरेको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले २९ हजार सात सय ५०, कांग्रेसले २४ हजार नौ सय ७७, माओवादी केन्द्रले १० हजार तीन सय ६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात हजार पाँच सय ८० र जनता समाजवादी पार्टीले पाँच हजार एक सय ४ मत प्राप्त गरेका छन् ।

मधेस प्रदेशमा कांग्रेसले पाँच हजार छ सय, एमालेले पाँच हजार चार सय ८७, जनमत पार्टीले चार हजार तीन सय ९८, जनता समाजवादी पार्टी नेपालले दुई हजार पाँच सय २२ र माओवादी केन्द्रले एक हजार नौ सय ९५ मत प्राप्त गरेको छ ।

बागमती प्रदेशमा कांग्रेसले १५ हजार नौ सय २१, एमालेले १५ हजार पाँच सय ५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले नौ हजार पाँच सय छ, माओवादी केन्द्रले सात हजार चार सय ५६ र नेपाल मजदुर किसान पार्टीले पाँच हजार १९ मत प्राप्त गरेका छन् ।

गण्डकीमा एमालेले २२ हजार ७०, कांग्रेसले १५ हजार सात सय ७१, माओवादी केन्द्रले चार हजार आठ सय ७५, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार हजार पाँच सय २४ र हाम्रो नेपाली पार्टीले एक हजार नौ सय ६० मत प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशमा एमालले ३२ हजार ४८, कांग्रेसले २३ हजार तीन सय ९९, माओवादी केन्द्रले १० हजार छ सय ५५, राप्रपाले सात हजार पाँच सय १९, नागरिक उन्मुक्ति पार्टीले पाँच हजार छ सय १९ मत प्राप्त गरेको छ ।

कर्णालीमा माओवादीले तीन सय ४३, एमालेले एक सय ७९, कांग्रेसले ९९, राप्रपाले ७० र हाम्रो नेपाली पार्टीले छ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको समानुपातिकतर्फको मत आयोगको प्रणालीमा प्रविष्ट हुन सकेको छैन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : १८ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ