ललितपुर २ प्रदेश सभा २ मा कांग्रेसका चित्रकार विजयी « Khabarhub

ललितपुर २ प्रदेश सभा २ मा कांग्रेसका चित्रकार विजयी


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ सदस्यमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी भएका छन् । सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रकारले नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यलाई १६३ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले भर्खरै सार्वजनिक भएको नतिजामा चित्रकारले ६ हजार ९९५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिए ।

निर्वाचन कार्यालयका अनुसार हाम्रो नेपाली पार्टीका मंगलकृष्ण श्रेष्ठले ५ हजार ९५४, राप्रपाका उम्मेदवार हसिना शाक्यले ३ हजार ७८५, नेमकिपाका महेन्द्र ब्रह्माचार्यले १ हजार १६८ मत प्राप्त गरेका छन् । जसपाका सवितकुमार महर्जनले १३६, नेश्नलिष्ट पिपुल्स पार्टीका मनिषकृष्ण जोशीले ९७, राष्ट्रिय जनमुक्ति पार्टीका रामहरि कपालीले १५८, स्वतन्त्र उम्मेदवार मधुर महर्जनले २५, विनोद शाक्यले १८ र ज्ञानीशोभा महर्जनले ६० मत प्राप्त गरेका छन् ।

४० हजार ७६७ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा सदस्यका लागि ११ जना प्रतिस्पर्धामा थिए

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ४३ बजे

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

तानसेन– विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११

छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

दमौली– जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क)

वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई नगद उपलब्ध गराउने

त्रिशूली– नुवाकोटको बेलकोटगढी नगरपालिकाले हालैको अविरल वर्षाका कारण धानबालीमा क्षति

अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि

महाकाली पारिका मेयरलाई प्रश्न- सीमावर्ती नेपाली कस्तो जीवन बाँचेका छन् ?

राष्ट्रिय गानले समेत मेची-महाकालीलाई देशको सीमा ठान्छ । आम नागरिकले