लेवान्डोस्की पेनाल्टीमा चुक्दा मेक्सिकोसँग बराबरीमा रोकियो पोल्याण्ड | Khabarhub Khabarhub

लेवान्डोस्की पेनाल्टीमा चुक्दा मेक्सिकोसँग बराबरीमा रोकियो पोल्याण्ड


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप फुटबलमा पोल्याण्ड र मेक्सिकोले बराबरी खेलेका छन् । आइतबार दोहास्थित स्टेडियममा भएको खेलमा कप्तान रोबर्टो लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्याण्ड मेक्सिकोसँग अंक बाँड्न बाध्य भएको हो ।

खेलको ५६ औँ मिनेटमा लेवान्डोस्कीलाई मेक्सिकन डिफेन्डरले डिबक्समा लडाएपछि पोल्याण्डले पेनाल्टी पाएको थियो । तर त्यसलाई कप्तान रोबर्टोले सदुपयोग गर्न सकेनन् । मेक्सिकन गोलरक्षक ग्वीलेर्मो चोवाले उत्कृष्ट बचाउ गरे।

यस बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा १ अंक जोडेको छ । समूह ‘सी’ मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ।मेक्सिको १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ५३ बजे

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गरेकी

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय

के खिचडी पकाउँदैछिन् सुमना ?

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी निर्माण गर्ने योजना

दार्चुलामा भूकम्पको धक्का महसुस

खलङ्गा– दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको

गाईघाटबाट लहानतर्फ जाँदै गरेको गाडी दुर्घटना, १२ जना घाइते

गाईघाट – त्रियुगा नगरपालिका बगाहा–४ स्थित गाईघाट कद्माहा सडकखण्डमा आज