कास्की- २(१) बाट एमालेका भीमबहादुर कार्की विजयी | Khabarhub Khabarhub

कास्की- २(१) बाट एमालेका भीमबहादुर कार्की विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पोखरा – प्रदेशसभा सदस्यमा कास्की–२(१) बाट नेकपा एमालेका उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् ।

पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याए ।

नेकपा(माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले पाँच हजार पाँच सय ४० र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले दुई हजार ५९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका पदमबहादुर गुरुङले चार सय ९३, स्वतन्त्र उम्मेदवारहरू दीपकप्रसाद पौडेल ७२, दुर्गाकुमारी शर्मा ४५ र निशा थापाले ३४ मत ल्याए।

सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । सो क्षेत्रको प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा(एमाले)का विद्या भट्टराईले अग्रता बनाएकी छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ५० बजे

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

काठमाडौं– सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१-८२ मा योगदानकर्ताको वृद्ध

एक वर्ष यही मन्त्रिपरिषद् जान्छ : मन्त्री पाण्डे

चितवन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद्

जेम्स क्यामरुनको अवतार ३ को पहिलो झलक सार्वजनिक

काठमाडौं– हलिउडका चर्चित निर्देशक जेम्स क्यामरुनको बहुप्रतीक्षित फिल्म अवतार :

मकैबाली जोगाउन हेरालु नियुक्त

अर्घाखाँची- अर्घाखाँचीमा वन्यजन्तुबाट बालीनाली जोगाउन हेरालु नियुक्त गरिएको छ ।

बंगलादेशमा विमान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो, २५ जना केटाकेटी

काठमाडौं– बंगलादेशमा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २७