साविक विजेता फ्रान्स विजयी, अष्ट्रेलिया ४–१ ले पराजित | Khabarhub Khabarhub

साविक विजेता फ्रान्स विजयी, अष्ट्रेलिया ४–१ ले पराजित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ। दोहास्थित अल जानुब स्टेडियममा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुआत गरेको हो। फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे। एड्रिन राबिओट र केलियन एमबाप्पेले एक–एक गोल गरे।

यता अष्ट्रेलियाका लागि भने क्रेग गुडविनले एक गोल गरे। खेलमा सुरुआती अग्रता भने अष्ट्रेलियाले लियो। खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए।

तर खेलको २७औँ मिनेटमा फ्रान्सका एड्रिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ३२औँ मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए।

खेलको ६८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए। खेलको ७१औँ मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४–१ को सहज जित निकालेको हो। यस जितसँगै फ्रान्सले पहिलो खेलमै तीन अङ्क जोडेको छ। समूह ‘डी’को फ्रान्स शीर्षस्थानमा रहेको छ भने अष्ट्रेलिया पुछारमा रहेको छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ११ बजे

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय

के खिचडी पकाउँदैछिन् सुमना ?

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी निर्माण गर्ने योजना

दार्चुलामा भूकम्पको धक्का महसुस

खलङ्गा– दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको

गाईघाटबाट लहानतर्फ जाँदै गरेको गाडी दुर्घटना, १२ जना घाइते

गाईघाट – त्रियुगा नगरपालिका बगाहा–४ स्थित गाईघाट कद्माहा सडकखण्डमा आज

एमालेको घर फर्क राष्ट्रिय अभियान सुरु (लाइभ)

काठमाडौं–  नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः