काठमाडौँ-२ को दुवै प्रदेशमा राप्रपा विजयी | Khabarhub Khabarhub

काठमाडौँ-२ को दुवै प्रदेशमा राप्रपा विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार काठमाडौँ क्षेत्र नं २ ९२० राप्रपाका राजु विष्ट १२ हजार एक सय ६३ मतले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवर्ण श्रेष्ठले नौ हजार ९० मत प्राप्त गरेका छन् ।

यसअघि काठमाडौँ क्षेत्र नं २ ९१० मा राप्रपाका सुनिल केसीले विजयको सुरुआती खाता खोलेका थिए । केसीले पाँच हजार पाँच सय ९८ मत ल्याएका थिए

समानुपातिक मतगणना सुरु 

काठमाडौँ क्षेत्र नं २ को प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना जारी रहेको छ । प्रदेशसभाको पनि केहीबेर अघिबाट गणना सुरु भएको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : ५४ बजे

गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी

‘परान’का निर्माता भन्छन्- कलेक्सन राम्रो छैन, दर्शकको प्रतिक्रिया राम्रो छ

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनरत फिल्म ‘परान’को सुरुवाती दुई

बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं– बाढीपहिरोका कारण मुलुकका पाँच राजमार्ग अझै अवरुद्ध छन् ।

ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

काठमाडौं– काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक

नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने 

काठमाडौं– नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन आगामी माघ