युरोपेली आयोगको प्रमुख पदमा पहिलो पटक महिला मनोनित « Khabarhub

युरोपेली आयोगको प्रमुख पदमा पहिलो पटक महिला मनोनित


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपेली आयोगको प्रमुखमा पहिलोपटक एकजना महिलालाई प्रस्ताव गरिएको छ ।

युरोपेली संघ ईयूका नेताहरूले उक्त क्षेत्रीय समूहको उच्च पदहरूमा मनोनयन थाल्ने क्रमसँगै युरेपेली आयोगमा जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई जाँ क्लोड युंकरको ठाउँमा प्रस्ताव गरिएको बीबीसीले जनाएको छ ।

युरोपेली केन्द्रीय ब्याङ्कको प्रमुखमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्डलाई मनोनयन गरिएको छ। केही दिनको कठिन वार्तापछि यी नामहरूको घोषणा गरिएको हो। उक्त क्षेत्रीय समूहको पाँच उच्च पदमा मनोनयन गर्न युरोपेली संघका नेताहरूले ब्रसल्समा तीन दिन बैठक गरेका थिए।

बेल्जियमका उदारवादी प्रधानमन्त्री सार्ल मिसेल युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कको ठाउँमा मनोनित भएका छन् भने स्पेनका युसेफ बोरेल विदेश मामिला प्रमुखमा प्रस्तावित भएका छन्। पाँचौं महत्त्वपूर्ण पद युरोपेली संसदको अध्यक्षका लागि भने बुधवार मनोनयन गरिनेछ। धेरैजसो पदहरूलाई संसदले अनुमोदन गर्नुपर्नेछ।

युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले युरोपेली संसदको पहिलो सत्रअघि सबै पदहरूमा सहमति गरेको बताएका छन्।

फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले युरोपेली आयोगको प्रमुखमा मनोनयन गरिएकी फोन डेर लायन निकै राम्रो उम्मेदवार भएको र उनी राम्रो छनौट भएको बताएका छन्। आयरल्याण्डका प्रधानमन्त्री लियो भराडकरले दुई मुख्य पदमा महिलाको नाम मनोनयन गरिएको विषयले युरोपेली संघ लैङ्गिक समानता तर्फ अघि बढिरहेको भन्ने परिवर्तन-उन्मुख सन्देश दिएको बताएका छन्।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १२ : १० बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।