कास्की-३ प्रदेशसभा १ मा एमालेका गुरुङ विजयी « Khabarhub

कास्की-३ प्रदेशसभा १ मा एमालेका गुरुङ विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ मा नेकपा (एमाले) का उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन् ।

पोखरा ७ स्थित उपत्यका नगरविकास समितिको हलमा आज सम्पन्न मतगणनामा गुरुङले १४ हजार चार सय ७३ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का दुर्गादत्त भण्डारीले नौ हजार छ सय ६२ मत ल्याए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले तीन हजार छ सय ९७ र हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले दुई हजार पाँच सय १५ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका जीवनबहादुर गुरुङले चार सय ५४, आमूल परिवर्तन मसिहा पार्टी नेपालका मोतिलाल परियारले एक सय ६८, स्वतन्त्र उम्मेदवार कोमलप्रसाद शर्मा दुई सय २७ मत ल्याएका छन् । 

यस क्षेत्रमा प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा (एमाले) का दामोदर पौडेल वैरागीले अग्रता बनाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ३ : १८ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले