झापा २ (१) मा कार्की र ३ (१) मा राजवंशी निर्वाचित | Khabarhub Khabarhub

झापा २ (१) मा कार्की र ३ (१) मा राजवंशी निर्वाचित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

बनियानी– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को  प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा (एमाले)का एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय भएका क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।

विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेलले छ हजार एक सय एक मत प्राप्त गरेका छन् । कार्की र पोखरेलको मतान्तर १२ हजार ६ सय ५१ मत रहेको छ ।

झापा क्षेत्र नं. २ को प्रदेशसभा १ मा ३८ हजार पाँच सय ४८ मत खसेको थियो । जसमा ती हजार तीन सय ३० मत बदर भएको निर्वाचन अधिकृत पन्तले जानकारी दिए । कार्कीले जितसँगै दोस्रो पटकको प्रदेशसभाको यात्रा तय गरेका छन् । उनी २०७४ सालको संसदीय निर्वाचनमा समेत झापा २ को प्रदेशसभा १ बाट विजयी भएका थिए ।

यस्तै झापा क्षेत्र नं ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी भएका छन् । राजवंशीले २० हजार सात सय ७० मत प्राप्त गरि विजयी भएका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का वसन्त बानियाँले १९ हजार सात सय एक मत प्राप्त गरेका छन् । झापा क्षेत्र नं। ३ को प्रदेशसभा १ मा ४५ हजार दुई सय ९५ मत खसेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ३ : २६ बजे

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत