डोटी प्रदेशसभा १ मा मल्ल र २ मा ओली विजयी « Khabarhub

डोटी प्रदेशसभा १ मा मल्ल र २ मा ओली विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटी जिल्ला प्रदेशसभा १ मा नेकपा (एमाले) का नेता चक्र मल्ल र २ मा नेकपा (माओवादी केन्द्र) का नेता शिव सिंह ओली विजयी भएका छन् । प्रदेशसभा १ तर्फ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई चार सय ५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् । विजयी उम्मेदवार मल्लले १५ हजार दुई सय ७९ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंहले १४ हजार आठ सय २९ मत पाएका छन् । 

अर्का उम्मेदवार हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले पाँच सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले सात सय ५५ मत प्राप्त गरेका छन् । यहाँ ३३ हजार तीन सय २२ मत खसेको थियो । एक हजार नौ सय १९ मत बदर भएको छ ।

प्रदेशसभा २ तर्फ लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्र डोटी जिल्ला इन्चार्ज शिवा सिं ओलीले एमाले उम्मेदवार टेक बमलाई नौ सय १९ मतले पछि पार्दै विजयी भएका छन् । 

विजयी ओलीले १४ हजार ४७ मत प्राप्त भएका गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी बमले १३ हजार एक सय २८ मत पाएका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए । यस क्षेत्रमा तीनजना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

अर्का उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन बमले एक हजार तीन सय २७ प्राप्त गरे । यहाँ ३० हजार दुई सय ३४ मत खसेको थियो । एक हजार ३२ मत बदर भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ४ : १० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर