काठमाडौँ-८ (१) मा बज्राचार्य र २ मा थापा विजयी « Khabarhub

काठमाडौँ-८ (१) मा बज्राचार्य र २ मा थापा विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक भएको छ । गत आइतबार भएको मतदानको आज प्राप्त परिणामअनुसार क्षेत्र नं ८ को प्रदेशसभा (१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन्। उनले पाँच हजार ४६२ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजेशकाजीले शाक्य तीन हजार ७११ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका राजुराज जोशीले तीन हजार ६७० मत पाएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रमेश आचार्यले जानकारी दिए ।

 यसैगरी क्षेत्र नं ८ को प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव थापा तीन हजार ३४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का निमाघ्याम्छो तामाङले एक हजार ९१५ मत पाएका छन् । कांग्रेसका अमिन पाण्डेले एक हजार २३७ मत पाएका उनले जानकारी दिए।

क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का बिराजभक्त श्रेष्ठ १० हजार १०५ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार १७४ मत पाएका थिए।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ३२ बजे

बङ्गलादेशमा दादुराका कारण ३११ बालबालिकाको मृत्यु

ढाका – बङ्गलादेशमा मार्चदेखि हालसम्म दादुरा सङ्क्रित ३११ बालबालिकाको मृत्यु

इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अप्ठ्यारोमा राष्ट्रपति

काठमाडौं- संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले राष्ट्रपति रामचन्द्र पौडेललाई संकटमा पारिदिएको छ।

सुकुम्वासीमाथि सरकारको बल प्रयोगबारे कांग्रेसले भन्यो : अमानवीय र क्रुर कदम

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विभिन् निर्णय गरेको छ।