गोरखा २ मा प्रचण्ड १२ हजारभन्दा बढी मतले अगाडि « Khabarhub

गोरखा २ मा प्रचण्ड १२ हजारभन्दा बढी मतले अगाडि


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य प्रतिस्पर्धीसँग १२ हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतगणनामा उनले २१ हजार ६४ मत प्राप्त गरेका छन् । उनले आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेका छन् । कूल ४१ हजार चार सय सात मतगणना हुँदा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले आठ हजार चार सय ६३ मतसहित दोस्रो स्थानमा पछ्याइरहेका छन् ।

बुर्लाकोटी अध्यक्ष दाहालभन्दा १२ हजार छ सय ११ मतले पछाडि परेका छन् । त्यस्तै नेकपा एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म पाँच हजार छ सय ३६ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना