उदयपुर २ प्रदेशसभा (ख) मा गठबन्धनका खत्री विजयी « Khabarhub

उदयपुर २ प्रदेशसभा (ख) मा गठबन्धनका खत्री विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट सत्ता गठबन्धका नेपाली कांग्रेसका उम्मेदवार रामकुमार खत्री विजयी भएका छन् । उनले निकटमत प्रतिद्वन्द्वीलाई ३ हजार ३ सय ९१ मत अन्तरले पराजित गरेका हुन् । खत्री १२ हजार ६२७ मत प्राप्त गर्दै प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जीवनाथ दाहालले ९ हजार २३६ मत प्राप्त प्राप्त गरेको निर्वाचन अधिकृत जीवनराम भण्डारीले बताए । २०५१ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवन सुरु गरेको ४२ वर्षीय खत्री कटारी नगरपालिका ८ सिरिसे निवासी हुन् ।

यसअघि २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा पराजित भएका थिए । निर्वाचन क्षेत्र २ प्रदेश सभा (ख) मा कटारी नगरपालिका र ताप्ली गाउँपालिका पर्छ । त्यहाँ २६ हजार १ सय ७६ मत खसेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ०६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना