रास्वपाकाे उदयले नयाँ राजनीतिक संस्कारको सुरुवात हुँदैछ : शिशिर खनाल « Khabarhub

रास्वपाकाे उदयले नयाँ राजनीतिक संस्कारको सुरुवात हुँदैछ : शिशिर खनाल


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं ६ मा विजयी प्रतिनिधिसभा सदस्य शिशिर खनालले आफ्नो पार्टीको विजयले मुलुकमा नयाँ राजनीतिक संस्कारको थालनी भएको बताएका छन् ।

निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले रास्वपाभित्र व्यक्तिको विजय नभई नयाँ राजनीतिक संस्कारको थालनी भएको बताए । ‘नेपालको राजनीतिक कोर्ष नयाँ हुँदैछ’, खनालले भने ।

सीमित स्रोत र साधनका बाबजुद केही व्यक्तिबाट सुरु भएको अभियानले सार्थकता पाएको उनको भनाइ थियो । खनालले सम्पूर्ण नागरिकको हित गर्ने समाज तथा देशको उन्नयनमा सहयोग गर्ने जनताका मुद्दा र सवाललाई संसद्मा लैजाने उल्लेख गरे ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार खनालले १४ हजार दुई सय चार मत प्राप्त गरी निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ३२ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को