बारा १ मा मतगणना रोकियो « Khabarhub

बारा १ मा मतगणना रोकियो


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

बारा – बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ । मतगणना स्थलमा विवाद हुँदा रोकिएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री समेत रहेका उमेदवार उमाकान्त चौधरी एमाले नेता अच्युत प्रसाद मैनालीसँग ५ हजार बढी मतले पछि परेपछि कांग्रेसका मतगणना प्रतिनिधिले दिउँसो ४ बजेबाट विवाद सुरु गरेपछि मतगणना रोकिएको हो ।

यता एमालेभने मतगणना सुचारू गर्न सबैलाई आग्रह गर्दै मतगणना विथोल्न खोज्ने घेरावार तोडफोड गर्नलाई तत्काल खोजिगरी कारबाही हुनुपर्ने माग गरेको नेपका एमाले नेता भरत बहादुर भण्डारीले बताए । उनले सत्ता र शक्तिको दुरुपयोग गर्ने अधिकार कोहि कसैलाई नभएको र तत्काल मतगणना सुचारू गराउन आग्रह गर्दा समेत सुरु नभएको बताए ।

यसअघि बसेको सर्वदलीय निर्णय अनुसार दुई वा सो भन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भएता पनि अहिले उनिहरुले सम्बन्धित पालिकाको वडा वडाको छुट्टै गणना गर्नुपर्ने भन्दै विवाद गरेका हुन् ।

यता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिको माग अनुसारनै मतगणना गर्न तयार हुँदासमेत प्रतिनिधि उपस्थित नहुदा मतगणना रोकिएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिए ।

प्रतिनिधिसभाको मतगणना रोकिएपनि प्रदेशसभाको मतगणना भने जारी छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ४१ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को