लमजुङको दुवै प्रदेश सभामा कांग्रेस विजयी « Khabarhub

लमजुङको दुवै प्रदेश सभामा कांग्रेस विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको दुवै प्रदेश सभा सदस्य नेपाली कांग्रेसले जितेको छ।

निर्वाचन क्षेत्र नं १ को (क) बाट कांग्रेसका टकराज गुरुङले १ हजार १६१ मतान्तरले नेकपा एमालेका जमिन्द्रमान घलेलाई हराएका हुन् । एमालेका घलेले १७ हजार ३४३ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । गुरुङ १८ हजार ५०४ मतका साथ निर्वाचित भएका हुन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति हुन् भने घले नेकपा एमाले केन्द्रीय सदस्य हुन् ।

प्रदेश सभा (क) मा पनि कांग्रेसकै भेषबहादुर पौडेलले एमालेका कृष्णप्रसाद अधिकारीलाई ७ सय ५४ मतान्तरले पराजित गरे। पौडेलले १९ हजार ५५७ मत पाएका छन् । एमालेका अधिकारीले १८ हजार ८०४ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ९ : ३९ बजे

संसद्‍मा कांग्रेसले भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्

काठमाडौं– नेपाली कांग्रेसका सांसद खडक बहादुर बुढाले राहदानी (पासपोर्ट) छपाइ प्रकरणमा कुनै

थाइल्यान्डमा बसोबास गर्ने नेपालीलाई कृषिमन्त्रीले भनिन्- अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गरौँ

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग थाइल्यान्डमा बसोबास गर्ने

कर्णाली नदीमा मिनीबस खस्यो

दैलेख- दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा मिनीबस कर्णाली

विपद्का घटनामा ३ जनाको मृत्यु, २३ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५२ वटा विभिन्न विपद्का घटना

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ

काठमाडौं- शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का