रूपन्देही-२ को १ बाट पूर्वमन्त्री लिला गिरी विजयी « Khabarhub

रूपन्देही-२ को १ बाट पूर्वमन्त्री लिला गिरी विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रूपन्देहीको क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट नेकपा एमालेका लिला गिरी विजयी भएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्रीको पद सम्हालेका गिरी १७ हजार ६३२ मतसहित विजयी भएका हुन् ।

उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई २ हजार ७३५ मतले पराजित गरेका हुन् । केसीले १४ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् ।

६३ हजार ५ सय ३ मतदाता रहेको प्रदेश सभा १ मा २ हजार २ सय ५४ मत बदर भएको छ भने ३८ हजार ५ सय २६ मत सदर भएको छ । विजयी भए पनि औपचारिक घोषणा सबै मतगणना सकिएपछि गरिने निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।

निर्वाचित गिरी लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री दाबेदारको रुपमा चर्चामा रहेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १० : २५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा