कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी विजयी « Khabarhub

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।

निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार तीन सय २३ मतले पछि पार्दै श्रेष्ठ ३० हजार चार सय चार मतका साथ विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका चौधरीले १८ हजार ८१ मत पाए । नेकपा एमालेका तपेन्द्र रावलले पाँच हजार एक सय ९० मत प्राप्त गरे ।

जम्मा एक लाख छ हजार सात सय तीन मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ६४ हजार नौ सय ९९ मत खसेको थियो । जम्मा खसेको मतमा तीन हजार दुई सय ६८ मत बदर भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिएका छन् ।

यसअघि यो क्षेत्रको प्रदेशसभा (१) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी १५ हजार एक सय एक मतका साथ विजयी भएका छन् । त्यस्तै, प्रदेशसभा (२) बाट सोही पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी ११ हजार तीन सय १७ मतका साथ वियजी भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ५ : ११ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर