मलेसियामा ट्रान्जिट हुने नेपालीलाई एउटा विमानस्थल प्रयोग गर्न अनुरोध « Khabarhub

मलेसियामा ट्रान्जिट हुने नेपालीलाई एउटा विमानस्थल प्रयोग गर्न अनुरोध



दोहा – मलेसियाको क्वालालम्पुरमा ट्रान्जिट हुँदै विभिन्न देश जाने नेपाली नागरिकलाई एउटा मात्र विमानस्थल प्रयोग गर्न मलेसियास्थित नेपाली दूतावासले अनुरोध गरेको छ।

मलेसियाको क्वालालम्पुरमा रहेको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केलाईए) र क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल केलाईए–२ गरी दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल रहेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार हाल क्वालालम्पुरबाट नेपाल र नेपालबाट क्वालालम्पुरका निम्ति सिधा उडानहरु केलाईए बाट मात्रै हुने केलाईए बाट केलाईए–२ मा जान आउन मलेसियन अध्यागमन पार गर्नुपर्ने भएकाले त्यसका निम्ति भिसा आवश्यक पर्दछ।

उक्त भिसा हवाइयात्रा गर्नु अगाडि नै लिइसकेको हुनुपर्दछ। तसर्थ, नेपालबाट मलेसियाको क्वालालम्पुरमा ट्रान्जिट हुँदै अष्ट्रेलिया, जापान लगायत अन्य मुलुकहरुमा जाने वा ती मुलुकहरुबाट नेपाल आउँदा सम्भव भएसम्म मलेसियाको क्वालालम्पुरमा रहेको कुनै एक एयरपोर्ट मात्र प्रयोग गर्नेगरी आवश्यक टिकटको व्यवस्था गर्न दूतावासले सबै यात्रुलाई अनुरोध गरेको हो।

यसअघि पनि नेपालबाट मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलिया, जापानलगायत अन्य मुलुकमा जाने नेपाली नागरिकअलपत्र पर्दै आएका थिए। मलेसिया ट्रान्जिट हुँदै अन्य देश जाने नेपालीलाई समस्या नहोस् भनेर एउटा मात्र विमानस्थल प्रयोग गर्न अनुरोध गरिएको दूतावासले जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना