मलेसियामा ट्रान्जिट हुने नेपालीलाई एउटा विमानस्थल प्रयोग गर्न अनुरोध « Khabarhub

मलेसियामा ट्रान्जिट हुने नेपालीलाई एउटा विमानस्थल प्रयोग गर्न अनुरोध



दोहा – मलेसियाको क्वालालम्पुरमा ट्रान्जिट हुँदै विभिन्न देश जाने नेपाली नागरिकलाई एउटा मात्र विमानस्थल प्रयोग गर्न मलेसियास्थित नेपाली दूतावासले अनुरोध गरेको छ।

मलेसियाको क्वालालम्पुरमा रहेको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केलाईए) र क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल केलाईए–२ गरी दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल रहेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार हाल क्वालालम्पुरबाट नेपाल र नेपालबाट क्वालालम्पुरका निम्ति सिधा उडानहरु केलाईए बाट मात्रै हुने केलाईए बाट केलाईए–२ मा जान आउन मलेसियन अध्यागमन पार गर्नुपर्ने भएकाले त्यसका निम्ति भिसा आवश्यक पर्दछ।

उक्त भिसा हवाइयात्रा गर्नु अगाडि नै लिइसकेको हुनुपर्दछ। तसर्थ, नेपालबाट मलेसियाको क्वालालम्पुरमा ट्रान्जिट हुँदै अष्ट्रेलिया, जापान लगायत अन्य मुलुकहरुमा जाने वा ती मुलुकहरुबाट नेपाल आउँदा सम्भव भएसम्म मलेसियाको क्वालालम्पुरमा रहेको कुनै एक एयरपोर्ट मात्र प्रयोग गर्नेगरी आवश्यक टिकटको व्यवस्था गर्न दूतावासले सबै यात्रुलाई अनुरोध गरेको हो।

यसअघि पनि नेपालबाट मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलिया, जापानलगायत अन्य मुलुकमा जाने नेपाली नागरिकअलपत्र पर्दै आएका थिए। मलेसिया ट्रान्जिट हुँदै अन्य देश जाने नेपालीलाई समस्या नहोस् भनेर एउटा मात्र विमानस्थल प्रयोग गर्न अनुरोध गरिएको दूतावासले जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : ५२ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र